कावासोती – चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत इस्पोर्ट्सको पिस एलिट (पब्जी मोबाइल) को प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाटै बाहिरिएको छ ।
शनिबार बिहान भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिमले दक्षिण कोरिया र चाइनिज ताइपेईविरुद्ध पराजय भोगेको हो ।
शनिबार नेपाली टिमका लागि सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
यस समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए । नेपाल तेस्रो भयो ।
यसअघि शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले अब इस्पोर्ट्सअन्तर्गत डोटामा मात्र प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
प्रकाशित : २०८० असोज १३ गते ९:२६
Facebook Comment