नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १२ गते १५:३०

कावासोती । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली  सेमिफाइनलमा पुगेको छ।

शुक्रबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार खेलेका थिए।

आजको प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र  साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रहेको छ। नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्दै सेमिफाइनलमा पुगेको हो।

प्रकाशित : २०८० असोज १२ गते १५:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI