शाश्वतधाममा आयोजना गरिएको हनुमान कथा वाचनको दोस्रो दिन- फोटो फिचर

NAWALPUR TIMES

शाश्वतधाममा आयोजना गरिएको हनुमान कथा वाचनको दोस्रो दिन- फोटो फिचर
1692548105589 1

कावासोती । नवलपुरको शाश्वतधाममा शनिबार देखि सुरु भएको ‘हनुमान कथा वाचनको दोस्रो दिन हजारौको संख्यामा भक्तजनहरु आईतबार पनि आईपुगेका छन ।

भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) को प्रवचन सुन्नका लागी भारतको राजस्थान, उत्तर प्रदेश, बिहार, उत्तराखण्ड तथा पूर्वी नेपालको झापा देखिका भक्तजनहरुको शाश्वतधाममा बाक्ले भिड लागेको छ ।

शनिबार देखि सुरु भएको कथा वाचनको दोस्रो दिन २० हजार भन्दा धेरै भक्तजनहरु उपस्थित भएका चौधरी ग्रुपमा कार्यरत रामचन्द्र धितालले बताए । नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनका कारण नवलपुरका सबै होटल बुकिङ भएका छन भने होटल नपाउनेहरुले कथा वाचन गरिने पण्डाल र सडक किनारमा रात बिताएका छन ।

तीन दिन सम्म चल्ने कथा वाचन नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी गुप्रले ग्रुपकै सिजी ईन्डिट्रीयल पार्कमा रहेको शाश्वत धाममा आयोजना गरेको हो । यहाँ सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने उल्लासमय वातावरणमा धार्मिक पर्यटनको मेला लागेको छ ।

तस्बिरहरु

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology