कावासोती । १४ औं संस्करणको साफ च्याम्पियनसिपमा शनिबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको छ ।
भारतको बैंग्लोरमा जारी प्रतियोगिता राति पौने ८ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो ।
हालसम्मका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा जित हासिल गरेको छ भने नेपालले २ पटक मात्रै जित हासिल गरेको छ ।
बाँकी ५ खेल बराबरीमा टुंग्गिएको थियो ।
प्रकाशित : २०८० असार ९ गते ९:३९
Facebook Comment