आइसिसी विश्वकप छनोट: नेपाल पहिलोपटक विश्वकप बिजेता वेष्ट इन्डिजसँग भिड्दै

NAWALPUR TIMES

आइसिसी विश्वकप छनोट: नेपाल पहिलोपटक विश्वकप बिजेता वेष्ट इन्डिजसँग भिड्दै
NepalCricket UgkxhB2nIx 1

कावासोती । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठूलो अवसर भएको जनाउँदै क्रिकेट समीक्षकहरुले नेपालले गौरव गर्नु पर्ने टिप्पणी गरेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology