स्वास्थ्यकर्मी महासंघद्वारा विद्यालयलाई खेलकुद तथा सरसफाई सामग्री हस्तान्तरण

NAWALPUR TIMES

स्वास्थ्यकर्मी महासंघद्वारा विद्यालयलाई खेलकुद तथा सरसफाई सामग्री हस्तान्तरण
1686394311595

प्रेम न्यौपाने/कावासोती । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल नवलपुरले आफ्नो स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयमा खेलकुद तथा सरसफाई सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । महासंघले आफ्नो स्थापना दिवसको अवसरमा शनिबार जिल्लाको कावासोती ३ अठ्ठाईस बिघामा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयलाई खेलकुद तथा सरसफाई सामग्रीहरु हस्तान्तरण गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल नवलपुरका अध्यक्ष नवीन पौडेलको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य एवं अतिरिक्त क्रियाकलाप संयोजक जागेश्वर भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय सदस्य पारेश्वर भुर्तेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र न्यौपाने, विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपाने, पूर्व वि व्य स अध्यक्षहरु बसन्त बहादुर राउत, श्याम गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी कुँवर, टोल बिकास संस्थाका अध्यक्ष श्याम कुमार थपलिया लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी सोही अवसरमा विद्यालय परिसर सरसफाई कार्यक्रम समेत सम्पन्न गरिएको छ । सरसफाई कार्यक्रममा महासंघमा आबद्ध स्वास्थ्यकर्मीहरु, जनविकास टोल विकास संस्थाका पदाधिकारीहरु, विद्यालयका अभिभावकहरु, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले शनिबार देशभर विविध कार्यक्रम गरी आफ्नो १८ औं स्थापना दिवस मनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology