नेपाल विद्यालय कर्मचारी परिषद् नवलपुर धर्नामा

NAWALPUR TIMES

नेपाल विद्यालय कर्मचारी परिषद् नवलपुर धर्नामा
received 936399314268893 scaled

२१ जेठ , नवलपुर ।
नेपाल विद्यालय कर्मचारी परिषद् नवलपुर धर्नामा उत्रिएका छन् । नेपाल सरकारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी सेवा सुविधाका लगायतका विषयमा सम्बोधन नगरिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ अगाडि आइतबारदेखिधर्नामा उत्रिएका हुन् ।

 

आइतबार फलफूल चोक हुँदै शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय अगाडि शान्तिपूर्णरुपमा ¥याली सहतिको टोली गएका थिए । आगामी आर्थिक वर्ष २०८०÷०८१ मा नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी कुनैपनि प्रकारको सेवा सुविधाका बारेमा सम्बोधन नगरिएको भन्दै परिषद्ले आपत्ति आइतबारदेखि धर्ना कार्यक्रम सुरु गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् नवलपुरका अध्यक्ष सुजर कुमार भुजेलले बताउनु भयो ।

बजेटमा विद्यालय कर्मचारीलाई पूर्ण तलबमान कायम गर , संघीय शिक्षा ऐन जारी गर , विद्यालय कर्मचारीको माग पूरा लगायतका माग गर्दै उनीहरु धर्नामा उत्रिएका हुन् ।
जेठ ५ गते राष्ट्रिपति रामचन्द्र पौडेलद्धारा सदनमा सम्बोधन गरिएको नेपाल सरकारको निति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी सेवा सुविधाका लगायतका विषयमा सम्बोधन गरिएपनि जेठ १५ गते अर्थात् सोमबार प्रस्तुत गरिएको बजेटको कार्यक्रममा सम्बोधन नगरिएको भन्दै परिषद्ले आपत्ति जनाउदै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रुद्र शर्माद्धारा परिषद्का अध्यक्ष सुरज कुमार भुजेल सहित गएको टोलीले नेपाल सरकारलाई माग पत्र बुझाएका छन् ।

माग पत्र बुझ्दै इकाइ प्रमुख शर्माले विद्यालय कर्मचारीहरुको माग सम्बोधन हुने गरी यथाशिघ्र शिक्षा मन्त्रालयमा पठाउने बताउनु भयो ।
आइबारदेखि सुरु भएको धर्ना कार्यक्रम ६ दिन सम्म जारी रहने परिषद्ले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology