कावासोती । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको तयारी र जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने भएका छन् ।
बलात्कारको मुद्दा खेपिरहेका सन्दीपले असार २९ गतेको साधारण पेसी तोकिएपछि विश्वकप छनोटको तयारी र विश्वकप छनोटसमेत खेल्ने निश्चित बनेको हो ।
सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले उनलाई असार २९ को साधारण पेसी दिइएको बताए । “आज अदालतले असार २९ का लागि साधारण पेसी तोकिएको छ । सुनुवाइ पेसी अहिले तोकिएन,” सापकोटाले भने ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्ने बताए । क्यानका कार्यवाहक सचिव दूर्गाराज पाठकले भने, “सन्दीप भोलि बेलुका दक्षिण अफ्रिका प्रस्थान गर्नेछन् । अब उनी विश्वकप छनोट सकेर नै फर्किनेछन् । उनको साधारण तारिख असार २९ गते तोकिएको छ ।”
प्रकाशित : २०८० जेठ २१ गते १५:३३
Facebook Comment