त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा विकाश गरिने

NAWALPUR TIMES

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा विकाश गरिने
1685373119328

कावासोती । नेपाली क्रिकेटको घर मानिने त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा विकाश गरिने भएको छ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार बजेट भाषणमा ‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गरिने’ बताए।

‘यस रंगशालामा फ्लड लाइट राख्ने काम सम्पन्न गरिने छ,’ मन्त्री महतले भने, ‘मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गरिने छ। विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला र काठमाडौंको सुवर्ण शम्सेर क्रिकेट रंगशाला निर्माण कार्य अगाडि बढाउन बजेट व्यवस्था गरेको छु।’

निर्माणाधीन धनगढी, इटहरी पोखरा नेपालगञ्जका प्रदेश रंगशाला र कभर्डहल निर्माण गर्न बजेट व्यवस्थापन गरेको पनि मन्त्री महतले बताए।

सरकारले आगामी आर्थिक वर्षमा खेलाडीहरूलाई स्वरोजगार बन्न सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।

‘खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियत पूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको’ बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology