भरतपुर अस्पतालमा प्रसुती सेवा लिनेले यातायात खर्च बापत दुई हजार रुपैयाँ पाउन थाले

NAWALPUR TIMES

भरतपुर अस्पतालमा प्रसुती सेवा लिनेले यातायात खर्च बापत दुई हजार रुपैयाँ पाउन थाले
bharatpur hospital

चितवन । भरतपुर अस्पतालमा प्रसुती सेवा लिने महिलाले यातायात खर्च बापत दुई हजार रुपैयाँ पाउन थालेका छन् । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम पाएका हुन् ।

भरतपुर अस्पतालले जेठ १ गतेदेखि प्रसुती लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।त्यस्तै, चार वटा पूर्व प्रसुति जाँच कुनै पनि सरकारी स्वास्थ्य संस्थामा गराएको रेकर्ड भएमा थप ८०० रुपैयाँ पनि दिइने उनले बताए । उनका अनुसार अस्पतालबाट दैनिक ३० जनासम्मले प्रसुति सेवा लिने गरेका छन् ।

अस्पतालले यसअघि प्रसुती सेवा लिने महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको थियो । सरकारले हिमाली जिल्लामा प्रसुति सेवा लिनेलाई तीन हजार, पहाडी जिल्ला, भित्रि मधेषका जिल्ला र काठमाडौँ उपत्यकाका जिल्लाका महिलालाई दुई हजार रुपैयाँ र तराई जिल्लाका महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने निर्देशिका बनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology