पुर्वी नवलपरासीको केराबारीमा फेला परेको बम नेपाली सेनाद्वारा डिस्पोज

NAWALPUR TIMES

पुर्वी नवलपरासीको केराबारीमा फेला परेको बम नेपाली सेनाद्वारा डिस्पोज
received 3382172802055850 1

कावासोती : पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १४ केराबारीमा शनिबार फेला परेको बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ ।

शनिबार जंगल गएकाहरुले केराबारी भन्ने स्थानको जंगल नजिकको खोल्सामा प्वाल पारेर छोडिएको कालो पाइप जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले रातिदेखि नै त्यहाँ सुरक्षा दिएको थियो ।

नेपाली सेनाको श्री २ नं वन तथा पर्यावरण गण हात्तिखोरको टोलि बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रवक्ता सन्तोष पाठकले जानकारी दिनु भयो ।

सेनाले डिस्पोज गरेको बम ८१ एमएम प्यारा लाइटिङ बम भएको प्रवक्ता पाठकले बताउनु भयो ।करिब एक महिनाअघि पूर्वी नवलपरासीको सर्दी भन्ने स्थान नजिक खेतबारीमा एक दर्जन भन्दा बढी बमका गोला फेला परेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology