आज चैते दशैं, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

NAWALPUR TIMES

आज चैते दशैं, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो
Durga Devi 1

कावासोती । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देशभरिका शक्तिपीठहरुमा देवीको पूजा आराधना गरी चैते दशैं मनाईंदैछ ।

आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं असोज-कार्तिकमा पनि मनाइने गरिन्छ ।

हिन्दूधर्मावलम्बीहरुले असोज-कार्तिकको दशैंलाई बडादशैंको रूपमा मनाउने गरेका छन् । चैत शुक्ल अष्टमीमा मनाइने दशैंलाई चैते दशैंका रूपमा मनाउने गरिएको छ ।

चैते दशैंका दिन नवलपुरको मौलाकाली, दाउन्ने देवि ,चितवनको बिक्रम बाबा, काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology