गोर्खाको हिउँपहिरोमा फसेका नवलपुरका २ जनाको उद्धार

NAWALPUR TIMES

गोर्खाको हिउँपहिरोमा फसेका नवलपुरका २ जनाको उद्धार
Chumnubri 400x220 1

नारायण शर्मा/कावासोती
उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार गरिएको छ । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासी दलदले निवासी सौरभ खनाल र उनकी साथी अनिता बुधबार साँझदेखि हिउँपहिरोमा फसेका थिए ।

बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरुलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो । उद्धारमा गएको टोलीले उनिहरुलाई आज गोर्खाको चुमनुब्री गाउँपालिकाको धर्मशाला भन्ने स्थानमा भेटिएको हो । उनीहरू समुद्री सतहबाट ५ हजार १ सय मिटरको उचाइमा भेटिएका थिए ।

उनीहरूलाई अहिले ५ सय मिटर तलसम्म बोकेर झारिएको हो । उनीहरूलाई त्यहाँबाट हेलिकप्टरबाट उद्धार गरिने गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । बाटो अप्ठेरो भएको र चिसोले कठ्यांग्रिएका कारण उनीहरू आफै तल झर्न नसक्ने अवस्थामा भएकाले हेलिकप्टर पठाउन लागेको उनले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology