सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चको अनुमति

NAWALPUR TIMES

सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चको अनुमति
1676977210828

कावासोती । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदर गरेको छ । उनलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको छ । उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै विदेश जान पाउने गरी लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए ।

दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology