१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

NAWALPUR TIMES

१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
thumb 1

कावासोती  – यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार बिहान पौने ११ सुरु हुनेछ । नेपालले हिजो पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले पर्सि सोमवार हङकङसँग, मङ्गलवार मलेसिया र बिहीवार यूएईसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology