दुर्गा प्रसाईले भोलि चितवनमा सम्बोधन गर्ने, तयारी पुरा

NAWALPUR TIMES

चितवन । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ ले शनिवार मध्यान १२ वजेपछि नारायणी नदी किनारमा आयोजना गर्ने बृहत सभाको तयारी पूरा भएको छ  ।नदी किनारमा हुने बृहत सभालाई सम्बोधन गर्न अभियानका संयोजक तथा सामाजिक अभियान्ता दुर्गा प्रसाई भोलि विहान विमान मार्फत भरतपुर आउने नागरिक बचाऔं अभियानका चितवन संयोजक पदम पाण्डेले बताउनुभयो ।

पाण्डेका अनुसार चितवनका सबै पालिकाहरुबाट दुर्गा प्रसाईको सम्बोधन हेर्न र सुन्न नागरिकहरु नारायणी नदी किनारमा आउने तयारी छ भने नवलपुरको कावासोती यताका विभिन्न ठाउँहरुबाट सर्वसाधरणहरु सभामा सहभागी हुनेछन् ।बृहत आमसभालाई ब्यवस्थित गर्न युवा परिचालन समिति तथा स्वंयमसेवकहरु परिचालन गरिएको छ । साँझसम्म मञ्च ब्यवस्थापको सबै काम सकिएकाे आयोजकले बताएको छ ।

अभियानका चितवन संयोजक पदम पाण्डेले दुर्गा प्रसाई प्रमुख अतिथि रहने उक्त कार्यक्रममा विभिन्न पार्टीका शिर्ष नेता साथै विभिन्न क्षेत्रका अभियन्ताहरुलाई पनि आमन्त्रण गरिएको बताए । उनले भने, ‘कार्यक्रममा देशका वित्तीय संस्थाहरुको ज्यादतीका कारण आम नागरिकमा बढ्दै गइरहेको गरीबीले कसरी देशको आर्थिक तथा सामाजिक संरचना नै ध्वस्त बन्दै गइरहेको छ, त्यसको बारेमा प्रमुख अतिथिले अब चाल्नुपर्ने कदम र समाधानबारे प्रष्ट पार्नुहुनेछ ।

’उनले हालको व्यवस्थाका कारण हाम्रो मौलिक धर्म तथा संस्कृति जोगाउन, राष्ट्रवाद संरक्षण गर्न यो अभियान गर्न खोजेको बताए । ‘आज बहुदलीय व्यवस्था हुँदै धर्मनिरपेक्षता, संघीयता स्थापना हुँदासम्म पनि जुन कुराहरु हाम्रा नव नेताहरुबाट दर्शाइएको थियो । सो अनुसार सुधार आउनुको सट्टा झन् झ्न तल खस्किदै गइरहेको छ ।

उनले भने, ‘बेरोजगार, बेथिति, भ्रष्टाचारले देशको अवस्था घाम जस्तै छर्लङ्ग छ ।’ फागुन १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा सुरु भएको अभियान भैरहवा, बर्दिया, धनगढी, चितवन हुँदै २० गते काठमाण्डौंमा गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology