आइसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालले २६१ रन बनायो

NAWALPUR TIMES

आइसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालले २६१ रन बनायो
1677228376 1677222494 1677208095 dev khanal 1200x560 1200x560 1200x560 1

आइसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेलमा नेपालले सिंगापुरपुर विरुद्ध २६१ रन बनाएको छ।

युएईको इर्डेन गार्डेन्स मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो।

नेपालका लागि सबै भन्दा वढि आकाश त्रिपाठीले एक सय बलको सामना गरेर १ छक्का र  ७ चौक्का प्रहार गरी ७८ रन बनाए ।

त्यसैगरी विशाल विक्रम केसीले  ५४ बलमा २ छक्का र  ४ चौक्का संगै अविजित ६३ रन बनाए ।त्यसैगरी अर्जुन कुमालले ३७ रनको योगदान दिए । त्यसैगरी कप्तान देव खनालले २१, दिपक बोहोराले १७ र दिपक प्रसाद डुम्म्रेले १० रन बनाए ।सिंगापुरका लागि आर्यभिर चौधरी र अबुदय चाहजेरले दुई दुई विकेट लिए । त्यसैगरी आदित्य र महियुले एक एक विकेट लिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology