यूएई भ्रमणका लागि सन्दीपले पाएनन् अनुमति, टिम घोषणा

NAWALPUR TIMES

यूएई भ्रमणका लागि सन्दीपले पाएनन् अनुमति, टिम घोषणा
1676977210828 1

कावासोती । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

यूएईमा यही फागुन १५ गतेदेखि हुने शृंखलाका लागि बिहीबार नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाली टिममा यसअघि घरेलु मैदानमा भएको त्रिदेशीय शृंखलामा रहेका सन्दीप लामिछाने परेका छैनन् । मौसम ढकाल र प्रतिश जिसीले टिममा स्थान बनाएका छन् ।

सन्दीपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग सिफारिस मागे पनि अस्वीकार गरिएको थियो ।

नेपालले फागुन १५ गते पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै उक्त शृंखलाको सुरुआत गर्नेछ । नेपालले फागुन १८ गते यूएईसँग, फागुन १९ गते पुनः पीएनजीसँग र फागुन २२ गते पुनः यूएईसँग खेल्ने तालिका छ ।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम (मौसम) ढकाल, गुल्सन झा र प्रतिश जिसी ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology