नागरिक बचाऔं अभियानलाई सम्बोधन गर्न दुर्गा प्रसाई चितवन आउने

NAWALPUR TIMES

नागरिक बचाऔं अभियानलाई सम्बोधन गर्न दुर्गा प्रसाई चितवन आउने
Screenshot 20230223 125936 Messenger

चितवन । यही फागुन १३ गते शनिवार चितवनमा हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख वक्ताको रुपमा दुर्गा प्रसाई आउने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान चितवनले पत्रकार सम्मेलनको आयोजना गरी अभियानबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अभियानका चितवन संयोजक पदम पाण्डेले दुर्गा प्रसाई प्रमुख अतिथि रहने उक्त कार्यक्रममा विभिन्न पार्टीका शिर्ष नेता साथै विभिन्न क्षेत्रका अभियन्ताहरुलाई पनि आमन्त्रण गरिएको बताए । उनले भने, ‘कार्यक्रममा देशका वित्तीय संस्थाहरुको ज्यादतीका कारण आम नागरिकमा बढ्दै गइरहेको गरीबीले कसरी देशको आर्थिक तथा सामाजिक संरचना नै ध्वस्त बन्दै गइरहेको छ, त्यसको बारेमा प्रमुख अतिथिले अब चाल्नुपर्ने कदम र समाधानबारे प्रष्ट पार्नुहुनेछ ।

’उनले हालको व्यवस्थाका कारण हाम्रो मौलिक धर्म तथा संस्कृति जोगाउन, राष्ट्रवाद संरक्षण गर्न यो अभियान गर्न खोजेको बताए । ‘आज बहुदलीय व्यवस्था हुँदै धर्मनिरपेक्षता, संघीयता स्थापना हुँदासम्म पनि जुन कुराहरु हाम्रा नव नेताहरुबाट दर्शाइएको थियो । सो अनुसार सुधार आउनुको सट्टा झन् झ्न तल खस्किदै गइरहेको छ ।

उनले भने, ‘बेरोजगार, बेथिति, भ्रष्टाचारले देशको अवस्था घाम जस्तै छर्लङ्ग छ ।’ फागुन १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा सुरु भएको अभियान भैरहवा, बर्दिया, धनगढी, चितवन हुँदै २० गते काठमाण्डौंमा गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे १२ बजेदेखि चितवनको नारायणी नदीकिनारमा आयोजना हुने कार्यक्रममा सबैलाई उपस्थिति हुन आयोजकले अनुरोध गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology