निकुञ्जको पश्चिम सेक्टरमा मृत गैडा फेला

NAWALPUR TIMES

निकुञ्जको पश्चिम सेक्टरमा मृत गैडा फेला
Dead rhino

कावासोती : चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको पूर्वी नवलपरासीको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा अन्दाजी १८ वर्षको एक पोथी गैडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्नका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनु भयो ।

मृत अवस्थामा फेला गैडाको खाग खुर सुरक्षित रहेको र प्रकृतिक कारणले मृत्यू भएको सूचना अधिकारी तिवारीले जानकारी दिनु भयो । यो सँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आ.वमा ६ वटा गैडाको मृत्यु भएको छ । File Photo

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology