सहकारीकाे छवि सुधार्न लेखा समिति सदस्यमा सापकाेटाकाे उम्मेदवारी

NAWALPUR TIMES

सहकारीकाे छवि सुधार्न लेखा समिति सदस्यमा सापकाेटाकाे उम्मेदवारी
keshav sapkota SaXMOjiuwb

काठमाडौँ राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्यमा निर्वाचित गराउन केशवप्रसाद सापकोटाले अनुरोध गरेका छन् । उनी सहकारी क्षेत्रमा दुई दशकदेखि सक्रिय रुपमा काम गरिरहेका छन् ।

विकु बचत तथा ऋण सहकारीमा उनी निर्वतमान अध्यक्षसमेत हुन् । सापकोटा विकूमा स्थापना कालदेखि रहेका छन् ।

 

सहकारी संस्थाको इमेज खराब हुँदै गएकाले त्यसलाई सुधार्न पनि सदस्यमा उम्मेदवारी दिनुपरेको सापकोटाले बताए । ‘सञ्चालकहरूले विभिन्न ठाउँमा बचतकर्ताको पैसा खाएर भागे भन्ने आरोप छ । त्यस्ता आरोपलाई न्यूनीकरण गरी शुद्धीकरण गर्नुपर्नेछ,’ उनले भने ।

सहकारीहरू नीति र विधिले चल्नुपर्ने सापकोटाले माग राखेका छन् । सहकारीमा आर्थिक सुशासन हराउँदै गएकाले सुशासनलाई मुख्यतया प्राथमिकतमा राख्नुपरेको उनले बताए ।

ग्रामीण र सहरी भेगमा बसोबास गर्ने गरिबहरूको वित्तीय पहुँच पुर्याउनु मुख्य दायित्व रहने काम गर्ने उनले बताए । सहकारीले निम्न तहका मानिसहरूलाई घरदैलो सेवा अभियानलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

शनिबार पुस १६ गते हुने निर्वाचनम उनीसहित चारजना प्रतिस्पर्धी लेखा समितिको सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

सापकोटासँग संयुक्त राष्ट्रसंघको सहकारी खाद्य विभागमा विज्ञको रुपमा काम गरेको अनुभव छ ।

राष्ट्रिय सहकारी बैंकमा १५ हजार ८ सय सहकारी संस्था आवद्ध छन् । तिनका पदाधिकारीले सञ्चालक तथा लेखा समितिका सदस्य चयन गर्ने छन् । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको छ । देशभरका विभिन्न स्थानमा ५७ वटा शाखा छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology