विश्वकप फाइनल : ‘गोल्डेन बुट’को दौडमा फ्रान्स र अर्जेन्टिनाकै दबदबा

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ३ गते १५:११
विश्वकप फाइनल : ‘गोल्डेन बुट’को दौडमा फ्रान्स र अर्जेन्टिनाकै दबदबा

कतारमा जारी फिफा विश्वकपको फाइनल खेल हुँदै गर्दा उच्च गोलकर्ताले पाउने ‘गोल्डेन बुट’को चर्चा चुलिएको छ । उपाधिका लागि आज हुने खेलमा साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । गोल्डेन बुटका लागि पनि फ्रान्स र अर्जेन्टिनाका खेलाडी नै प्रतिस्पर्धामा छन् ।

जारी विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका फरवार्ड काइलियन एमबाप्पे गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । दुवै खेलाडीले समान पाँच गोल गरेका छन् । तर, पाँच गोलसहित तीन असिस्ट गरेका मेसी अहिलेसम्म यसको दाबेदारीमा सबैभन्दा अगाडि छन् । मेसीलाई पछ्याइरहेका फ्रान्सका खेलाडी एमबाप्पेले पाँच गोल र दुई असिस्ट गरेका छन् ।

यी दुईपछि समान चार गोल गरेका अर्जेन्टिनाका युलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरुडले गोल्डेन बुटका लागि मेसी र एमबाप्पेलाई पछ्याइरहेका छन् । गोल्डेन बुटका लागि आज अल्भारेज र जिरुडले कम्तीमा दुई गोल गर्नुपर्ने हुन्छ । यसका बाबजुद मेसी र एमबाप्पेमध्ये एक खेलाडीले गोल गरे अल्भारेज र जिरुडको सम्भावना समाप्त हुनेछ ।

प्रकाशित : २०७९ पुष ३ गते १५:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI