इंग्ल्यान्डलाई हराउँदै फ्रान्सले स्थान सुरक्षित गरेसँगै सेमिफाइनल समीकरण पूरा

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २५ गते ७:३०
इंग्ल्यान्डलाई हराउँदै फ्रान्सले स्थान सुरक्षित गरेसँगै सेमिफाइनल समीकरण पूरा

कावासोती । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा स्थान पक्का गरेका छ ।

फ्रान्सले अन्तिम चारमा स्थान बनाएसँगै कतार विश्वकपको अन्तिम चार टोलीको टुंगो लागेको हो । आजको खेलमा पहिलो हाफमा फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः अग्रता बनायो ।

त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।

अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेको मोरोक्कोसँग खेल्नेछ । यता, साविक उपविजेता क्रोएसियाले दुईपटकको विश्वविजेता अजेन्टिनाको सामना गर्नेछ ।

प्रकाशित : २०७९ मंसिर २५ गते ७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI