मोरोक्को पहिलोपटक सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २४ गते २३:३१
मोरोक्को पहिलोपटक सेमिफाइनलमा
DOHA, QATAR - DECEMBER 10: Youssef En-Nesyri of Morocco celebrates after scoring the team's first goal during the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Justin Setterfield/Getty Images)

कावासोती । कतारमा जारी विश्वकप फुटबलको आजको खेलमा मोरोक्कोसँग १–० गोल अन्तरको हार व्यहोर्दै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल बाहिरिएको छ ।

तेस्रो क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध १–० जित निकालेसँगै मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलको अन्तिम मिनेटमा १० खेलाडीमा समेटिएको मोरोक्कोलाई ऎतिहासिक जित दिलाउन युसेफ एन नेस्रीले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । र, यही गोल निर्णायक बनेपछि मोरोक्को अफ्रिकाबाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो ।

मोरोक्कोअघि तीन अफ्रिकी मुलुकले विश्वकपको क्वार्टरफाइनल खेले पनि सेमिफाइनलमा स्थान बनाउन भने सकेका थिएनन् । यसअघि, अफ्रिकाबाट घाना, सेनेगल र क्यामरूनले विश्वकपको क्वार्टरफाइनल खेलेका थिए ।

खेलको इन्जुरी टाइममा वालिद चेदिराले बर्नार्डो सिल्भामाथि फाउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि मोरोक्को १० खेलाडीमा समेटिएको थियो । चेदिराले इन्जुरी टाइममा नै पहेँलो कार्ड पाएका थिए ।

क्वार्टरफाइनल प्रवेशका क्रममा पोर्चुगलले स्विट्जल्यानडलाई ६–१ ले र मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेका थिए ।

यो जितसँगै मोरोक्कोले अब फाइनल प्रवेशका लागि फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने भएको छ ।

 

 

प्रकाशित : २०७९ मंसिर २४ गते २३:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI