विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै

NAWALPUR TIMES

विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै
Qatar Worldcup 2022

कावासोती । कतारमा जारी फिफा विश्वकपमा आज (आइतबार) अन्तिम–१६ का दुई खेल हुँदै छन् ।

कतारको अल थुमामा रंगशालामा हुने आजको पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

फ्रान्स समूह ‘डी’ को विजेताको रूपमा र पोल्यान्ड समूह ‘सी’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।

यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ ।
विश्वकपमा इङ्ल्यान्ड समूह ‘बी’ को विजेताको रूपमा र सेनेगल समूह ‘ए’को उपविजेताको रूपमा अन्तिम–१६ मा आएका हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology