नवलपुर क्षेत्र नं १ (क) मा कस्को अवस्था कस्तो ?

NAWALPUR TIMES

नवलपुर क्षेत्र नं १ (क) मा कस्को अवस्था कस्तो ?
307982316 1109881183253683 6758167206722659134 n

कावासोती । गत निर्वाचनमा कृष्णचन्द्र नेपालीलाई निर्वाचित गराएर मुख्यमन्त्री पाएको नवलपुर क्षेत्र नं १(क) बाट यस पटक मुख्यमन्त्री नेपाली उम्मेदवार बनेका छैन्न तर क्षेत्र नं १(क) को चुनावी दौड भने रोचक रहेको छ ।

लोकतान्त्रिक वाम गठबन्धनले कांग्रेस जिल्ला सभापति एवं पुर्व संविधान सभा सदस्य महेन्द्रध्वज जिसीलाई उम्मेदवार बनाएको यो क्षेत्रमा नेकपा एमालेले केन्द्रिय सदस्य एवं जिल्ला सहईन्चार्ज रवीन्द्र अधिकारीलाई मैदानमा उतारेको छ । जिसी र अधिकारी सहित यो प्रदेश सभा निर्वाचन क्षेत्रमा राप्रपाका सन्तोष थापा, जनता समाजवादी पार्टी नेपाल बाट अनु बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट कुमार गुरुङ,नेपाली कांग्रेस बिपिबाट यमनाथ बस्ताकोटी, राष्ट्रिय जनमुक्ति पार्टीबाट विना आले,हाम्रो नेपाली पार्टीबाट बद्री काप्री र स्वतन्त्र राजेन्द्रप्रसाद उपाध्याय गरेर ९ जना उम्मेदवार चुनावी मैदानमा देखिए पनि कांग्रेसका जिसी र एमालेका अधिकारी बिचनै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ मा नेकपा एमाले , नेकपा माओवादी केन्द्र सहित बाम गठबन्धन बाट निर्वाचन गएका वामदलहरु अहिले भने एकै ठाउँमा छैनन । २०७९ को निर्वाचन सम्म आईपुग्दा २०७४ मा एक्लै चुनाव लडेको नेपाली कांग्रेस यति बेला भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले फुटेर बनेको नयाँ नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर चुनावमा होमिएको छ ।

२०७४ को सहयात्री दल नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी फुटेर नयाँ गठन भएको नेकपा एकीकृत समाजवादी सहित नेपाली कांग्रेसको गठबन्धन बनेको हुँदा यो निर्वाचनमा भने एमाले उम्मेदवार रविन्द्र अधिकारीलाई यो प्रदेश सभा निर्वाचन क्षेत्रमा सजिलो भने छैन ।

पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनाएर अगाडी सारिएका नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्र ध्वज जिसीलाई बलियो उम्मेदवारको हेरिएको छ । त्यसो त २०३९ साल देखि निरन्तर साबिक नवलपरासीको राजनीतिमा छाएका जिसी २०५१ साल देखि निरन्तर चुनावी मैदानमा छ्न । प्रतिनिधिसभा र संविधान सभा सदस्य भैसकेका जिसी २०७४ मा नवलपुर १ ख मा प्रदेश सभामा एमालेका रोशन बहादुर गाहा सँग पराजित भएका थिए । नवलपुर १ क कांग्रेसको बलियो क्षेत्र मानिएकाले जिसी यस पटक पनि जनप्रतिनिधि बनेर प्रदेश सभा छिर्ने तयारीमा छ्न ।

जिल्लाको राजनीतिका चुतर खेलाडी मानिने जिसीलाई रोक्न एमालेले यस पटक एमाले केन्द्रिय सदस्य युवा उम्मेदवार रविन्द्र अधिकारीलाई मैदानमा उतारेको छ । युवाहरु माझ चिनिएका र विवादमा नपरेका अधिकारीले यस पटक जित्ने एमालेहरुले बताई रहदा भने गत स्थानीय तहको निर्वाचनको मत परिणामले यो क्षेत्रमा कांग्रेस एक्लै बलियो देखिएको छ भने गठबन्धन सहितको मतले कांग्रेसलाई अझै सहज हुने देखिएको छ । गत स्थानीय तहको निर्वाचनमा यस प्रदेश निर्वाचन क्षेत्रमा नेपाल कांग्रेसका वडा अध्यक्षहरुका उम्मेदवार ले २१ हजार ८ सय ६७, एमालेका वडा अध्यक्षहरुका उम्मेदवारहरु ले १९ हजार ८ सय ५३, माओवादीका वडा अध्यक्षहरुका उम्मेदवारहरुले १ हजार ८ सय ८ र राप्रपाका वडा अध्यक्षक उम्मेदवारहरुले १ हजार २ सय ८८ मत पाएका थिए ।
स्थानिय निर्वाचनमा वडा अध्यक्षहरुको उम्मेदवारहरुले पाएको मतलाई हेर्ने हो भने यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका जिसीलाई सहज देखिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology