कात्तिक ८ गते कति बजेदेखि कति बजेसम्म लाग्दै छ खण्डग्रास सूर्यग्रहण ?

NAWALPUR TIMES

कात्तिक ८ गते कति बजेदेखि कति बजेसम्म लाग्दै छ खण्डग्रास सूर्यग्रहण ?
1577247172surya

काठमाडौँ-कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।

वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा.आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology