बुटवल नारायणगढ सडक खण्ड २१ घण्टा पछि खुल्यो

NAWALPUR TIMES

बुटवल नारायणगढ सडक खण्ड २१ घण्टा पछि खुल्यो
FB IMG 1656557454143

कावासोती,असार १६-

नारायणगढ-बुटवल सडकखण्डको अरुणखोला-दुम्कीबास खण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडक २१ घण्टापछि सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि बुधबार बिहान ६ बजेपछि राजमार्ग ठप्प बनेको थियो ।नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक आज बिहीबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पुनः डाईभर्सन बनाइएपछि रोकिएका सयौं सवारीसाधन अहिले चल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप भएकाले लेन अनुसासन कायम गर्दै सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology