नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड पुर्ण रुपमाअवरुद्ध बनेको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको नवलपुर प्रहरीले जनाएको छ ।
विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् । बाटो खुलाउनका लागि केहि समय लाग्ने नवलपुर प्रहरीले जनाएको छ ।
महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जंगलमा प्रहरीले रोकिदिएको छ । बगाएको खण्डमा राजमार्ग खुुलाउने प्रयास भइरहेको प्रहरीले जनायो ।
महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी कच्चि सडक बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डका २ सय बढी स्थानमा डाइभर्सन बनाइएको छ ।
प्रकाशित : २०७९ असार १५ गते ८:३७
Facebook Comment