नेपाली काङ्ग्रेसका नेता शिवाकोटीद्वारा स्थापित पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई

NAWALPUR TIMES

नेपाली काङ्ग्रेसका नेता शिवाकोटीद्वारा स्थापित पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई
received 2506675306139584

नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कार पत्रकार शम्भु गौतमले पाउने भएका छन् । नन्दप्रसाद जानकी शिवाकोटी प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सो पुरस्कारबारे जानकारी दिएका हुन् ।

दोलखा जिल्लाकै पहिलो विद्यालय क्षमावती माध्यमिक विद्यालयका संस्थापक तथा तत्कालिन पूर्व २ नम्बर (दोलखा) का जिल्ला सभापति नन्दप्रसाद शिवाकोटी र उनकी जीवनसंगिनी जानकी शिवाकोटीको स्मृतिमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका उनका सुपुत्र अजयबाबु शिवाकोटीले नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कारको घोषणा गर्नुभएको थियो ।

दोलखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारलालाई दिइने उक्त पुरस्कार यसपालि पत्रकार शम्भु गौतमले पाउने भएका हुन् । यसै वर्षबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार ताम्रपत्रसहित २५ हजार रुपैयाँ राशीको हुनेछ ।

पुरस्कार नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा आगामी भदौ ४ गते प्रदान गरिने पनि प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले जानकारी दिएका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology