दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

NAWALPUR TIMES

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु
accident 20201129054133

दैलेख — दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म ख १६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।

उनले भने, ‘सुर्खेतबाट आउँदै गरेको बस दुर्घटना भएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको छ ।’

निवर्तमान मेयर उपाध्यायका अनुसार बस यात्रुले खचाखच भरिएका थिए । अन्यको अवस्था के छ भन्ने जानकारी आइनसकेको उनले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology