यस्तो छ आजको मौसम

NAWALPUR TIMES

यस्तो छ आजको मौसम
mausam 1c3a5

काठमाडौँ – हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग  र  हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश  र बागमती प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology