नेपाल प्रहरीको आईजीपीमा सिंह र सशस्त्रको आईजीपीमा अर्याल नियुक्त

NAWALPUR TIMES

नेपाल प्रहरीको आईजीपीमा सिंह र सशस्त्रको आईजीपीमा अर्याल नियुक्त
IMG 20220501 135946

काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले  जानकारी दिए ।

३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका आईजीपी शैलेश क्षापा क्षेत्री र सशस्त्रका आईजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रहरीमा एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा थिए । सशस्त्रमा एआईजी अर्याल एकल दाबेदार थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology