राजु चापागाईं “राज”/नवलपुर ।
टिकट वितरणमा असन्तुष्ट भए पछि कावासोती-१२ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस कावासोती-१२का सभापति राजकुमार गुरुङ र विष्णुप्रसाद लम्सालले उम्मेदवारी फिर्ता लिने भएका छन ।
कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी, उपसभापति द्वय बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना, जिल्ला सचिब एवं कावासोती नगरपालिकाका मेयरका उम्मेदवार महेन्द्र पोख्रेल, महासमिति सदस्य भरत तिवारी सहितका नेताहरुको उपस्थितमा बिहिबार असन्तुष्ट पक्ष सहितको छलफल पछि स्वतन्त्र रुपमा वडा अध्यक्षको उम्मेदवारी दिएका गुरुङ र लम्सालले उम्मेदवारी फिर्ता लिने बताएका हुन ।
यस अघि कांग्रेसको क्षेत्रीय समितिले देवीप्रसाद काफ्लेलाई वडा अध्यक्षको टिकट दिएको थियो ।
Facebook Comment