पल शाह प्रकरण: किशोरीले नवलपुरको जिल्ला अदालतमा पनि फेरिन् बयान

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते १९:०६
पल शाह प्रकरण:  किशोरीले नवलपुरको जिल्ला अदालतमा पनि फेरिन् बयान

नवलपुर । अभिनेता पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले जिल्ला अदालत नवलपुरमा पनि शाहले बयान फेरेकी छिन ।
पिडित भनिएकी युवतीले बुधबार जिल्ला अदालत नवलपुरमा आफुलाई अभिनेता शाहले बलात्कार नगरेको बयान दिएकी अदालत स्रोतले बतायो । बयानमा युवतीले पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् ।

ती किशोरीले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् । अभिनेता शाहलाई तनहुबाट बुधबार नवलपुर स्थित अदालतमा ल्याइएको छ ।

गतचैत २३ गते जिल्ला अदालत नवलपुरमा बयानका लागि उपस्थित गराइएका शाहलाई अदालतले बुधबार हाजिर हुन आदेश दिएअनुसार उनलाई तनहुँबाट नवलपुरमा ल्याइएको हो ।

बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मंगलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा बलात्कार नगरेको र अरुको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरेकी थिइन् ।
दिएको बयानमा गैंडाकोटमा एक वर्षअघि फिल्मी गीत छायांकनका क्रममा आफूलाई शाहले जबरजस्ती नगरेको बताएको र पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरेको स्रोतले बतायो ।

उनै किशोरीले शाहले आफूलाई बलात्कार गरेको आरोप लगाएर तनहुँ र पूर्वीनवलपरासी प्रहरीमा उजुरी गरेकी थिइन् । बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मंगलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा बलात्कार नगरेको र अरुको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरेकी थिइन् ।

प्रकाशित : २०७९ वैशाख ७ गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI