पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णयविरुद्ध कांग्रेस कास्की कार्यालयमा ताला

NAWALPUR TIMES

पोखराको मेयर एकीकृत समाजवादीलाई  दिने निर्णयविरुद्ध कांग्रेस कास्की कार्यालयमा ताला
congress flage1622887380

पोखरा : नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मेयर दिने सत्ता गठबन्धनबीच सहमति भएपछि नेपाली कांग्रेस कास्की पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। कांग्रेस पोखरा महानगर समितिले स्थानीय निर्वाचनमा  जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएको भन्दै पार्टी कार्यालय बन्द गरेको हो ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए । पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति गरेको थियो ।

‘यस्ले गर्दा हामी सत्ताको स्वार्थभन्दा माथि उठे‍र जनभावना एवं आमकार्यकर्ताको मनोभावना उच्च राख्न नेपाली कांग्रेस जिल्ला समिति कार्यालयमा तालाबन्दी गर्ने निर्णय गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्यसमितिलाई पेश गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology