पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ५ गते ८:२९
पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना
mausam 1c3a5

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

दिउँसो भने पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसबाहेक दिउँसो देशको पहाडी भूभागबाहेकका भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित : २०७९ वैशाख ५ गते ८:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI