रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

NAWALPUR TIMES

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
satta gathabandhan baithak11649134194

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले उक्त निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । उनका अनुसार उक्त समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ गरेको उनले बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology