नवलपुरलाई प्रदेश राजधानीसँग जोडने डेढगाउँ झ्यालबास सडकको मंगलबार शिलान्यास : ३० महिनामा निमार्ण सम्पन्न हुने

NAWALPUR TIMES

नवलपुरलाई प्रदेश राजधानीसँग जोडने डेढगाउँ झ्यालबास सडकको मंगलबार शिलान्यास : ३० महिनामा निमार्ण सम्पन्न हुने
dedhgaun

नवलपुर । नवलपुरलाई प्रदेश राजधानी पोखरा जोडने डेढगाउँ भ्यालबास सडकको निर्माण सुरु हुने भएको छ । नवलपुरको बौदीकालीको डेढगाउँ देखि हुप्सेकोटको भ्यालबास जोडने १४ किलोमिटर सडकको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशको गौरवको आयोजनाको रुपमा हेरिएको डेढगाउँ भ्यालबास सडक पोखरा जोडने तनहु-मानपुर-फुला सडकमा जोडिने गरि निर्माण सुरु गर्न लागिएको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख रविन्द्र तिवारीले बताए । ५१ करोडको लागतमा बन्न लागेको नाली सहितको सडकको कालोपत्रे भाग ७ मिटर हुने तिवारीले जानकारी दिए । जिल्लाको भ्यालबास, रुचाङ, डेढगाउँ हुदै तनहु मानपुर फुला सडकमा जोडिएर तनहुको खैरेनी हुदै पोखरा सम्म यो सडकले जिल्लालाई जोडने तिवारीले बताए । ३० महिनामा काम सम्पन्न गर्ने गरि ठेक्का भएको सडकको निमार्ण कार्य चैत देखि सुरु हुने छ ।

जिल्लाको पहाडी क्षेत्रका बस्तीहरुलाई जिल्ला सदरमुकाम र प्रदेश राजधानी सँगै सिङगो जिल्लालाई प्रदेश राजधानी सँग यो सडकले जोडने भएकाले पहाडी क्षेत्र सँगै सम्रग जिल्लाको विकासमा यो सडक निमार्णले महत्वपुर्ण अर्थ राख्ने नेपाली कांग्रेस गण्डकीका महामन्त्री एवं प्रदेश सभा सदस्य विष्णु लामिछाने बताउछन । “धेरै मेहनत र पहल पछि प्रदेशकै गौरवको रुपमा हेरिएको सडक निमार्ण अगाडी बढन लागेको हुँदा यस्ले पहाडी क्षेत्रको जनतालाई खुसी बनाएको छ, यस क्षेत्रका जनताको आर्थीक स्तर उकास्न र जिल्लालाई प्रदेश सँग जोडने यो सडक पहाडी क्षेत्रको मात्रै नभएर सम्रग जिल्लाको विकासको आधारशिला बन्ने छ ” , लामिछानेले भने।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology