पशुपतिनाथ मन्दिर भोलीदेखि खुल्ला हुने

NAWALPUR TIMES

पशुपतिनाथ मन्दिर भोलीदेखि खुल्ला हुने
Pasupathi nath

काठमाडौं  : दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology