देशभर मौसम बदली, पानी पर्ने सम्भावना

NAWALPUR TIMES

देशभर मौसम बदली, पानी पर्ने सम्भावना
mausam 1c3a5

काठमाडौं : देशभर मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागले मौसम बुलेटिन निकालेर सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यस्तै बाग्मती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा पनि हल्का वर्षा हुने अनुमान विभागले गरेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।

अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायत बाँकी पहाडी भूभागको मौसम आंशिक देखि सामान्य बदली रहेको विभागले जनाएको छ। विभागका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology