एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

NAWALPUR TIMES

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
kp oli GrEETmOmQn

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता भएपछि गरिएको पीसीआर परीक्षणमा ओलीलाई संक्रमण पुष्टि भएको हो।

उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमण पुष्टि भएको बारे केही बेरमा पार्टीले वक्तब्य  जारी गर्ने भएको छ।

सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ। आज हुने भनिएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ।

प्रधानमन्त्रीले देशवासीको नाममा गरेको सम्बोधनको बारेमा ओलीले आजै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न प्रेस विज्ञप्ति जारी गर्नेछन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology