शुक्रबार एकैदिनमा ९६८ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES

शुक्रबार एकैदिनमा ९६८ जना कोरोना संक्रमित थपिए
coronavirus02 768x576 1

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ९६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९७१ कूल नमुना परीक्षण (८२७२ पीसीआर र ६६९९ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

कोभिड संक्रमणको कारण आज कुनै मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा २६२ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ५७४१ पुगेको छ । आज २ लाख ६३ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आजको दैनिक संक्रमणदर झन्डै ७ प्रतिशत पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ३६९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology