काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । धेरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ ।
काठमाडौं उपत्यकामा भने हुस्सुका कारण भिजिबिलिटी कम रहेको छ । महाशाखाका अनुसार आज कतै पनि वर्षा हुने छैन । तर चिसो भने बढ्दै जाने छ । बिहान उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रह्यो ।
दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तो छ भोलिको पूर्वानुमान
भोलि शनिबार देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशभर आंशिक बदलीको संभावना रहेको छ।
यस्तो छ पर्सी आइतबारको पूर्वानुमान
देशभर आंशिक बदली रहनेछ । राति देशभर आंशिक बदलीको संभावना रहेको छ ।
गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
Facebook Comment