कांग्रेस मतगणना : खुल्ला तर्फ शशांक शीर्षस्थानमा

NAWALPUR TIMES

कांग्रेस मतगणना : खुल्ला तर्फ शशांक शीर्षस्थानमा
sasank koirala1

नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी रहँदा डा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । १५८९ मतपत्र गणना हुँदा कोइरालाले १३१३ मत पाएका छन् । यसैगरी एनपी साउदले १०२२, बालकृष्ण खाँणले ९७५, रमेश लेखकले ९६९ मत पाएका छन् ।

यसैगरी ज्ञानेन्द्र कार्कीले ९५५, शंकर भण्डारीले ९५२, उदय शमशेर राणाले ९४८, रामहरि खतिवडाले ९४४, अर्जुन नरसिंह केसीले ९३६ मत ल्याउँदा जिप छिरिङ लामाले ८८० मत पाउँदै दशौँ स्थानमा रहेका छन् ।
यसैगरी गोपालमान श्रेष्ठले ८७९, गोविन्द भट्टराईले ८६२, डा रामशरण महले ८६०, बलबहादुर केसीले ८४७, जितजंग बस्नेतले ८४५, नैनसिंह महले ८४०, दिलेन्द्र प्रसाद बडुले ८२१, सुनील बहादुर थापाले ८१९ मत पाएका छन् ।यसैगरी पदमनारायण चौधरीले ७८५, मोहन बहादुर बस्नेतले ७८१, दीपक गिरीले ७६७, सुरेन्द्र राज पाण्डेले ७५१, कुन्दनराज काफ्लेले ७२५, गुरु बरालले ७०१ मत ल्याएका छन् । यस्तै गोविन्दराज पोखरेलले ६१७, सञ्जयकुमार गौतमले ६१३, राजीव ढुंगाना ६०८, मोहन आचार्य, ६०४, वीरेन्द्र कुमार कनौडियाले ६००, गणेश लामाले ५८९, कृष्ण किशोर घिमिरेले ५८६, दिनेश कोइरालाले ५८६, डा गोपालि दहितले ५८५ मत पाएका छन् भने मदनबहादुर अमात्यले ५८० र अजयबाबु सिवाकोटीले ५७५ मत पाएका छन् ।

काँग्रेस विधानअनुसार ९९ उम्मेदवारमध्ये खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुन्छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology