आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, सूतक बार्नु नपर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १८ गते ९:४३
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, सूतक बार्नु नपर्ने
surya grahan

काठमाडौँ । आज सूर्य ग्रहण लाग्ने भएको छ । यो सूर्य ग्रहणलाई अङ्ग्रेजी वर्षको अन्तिम सूर्य ग्रहण मानिएको छ ।

सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने भएकोले सूतक पनि बार्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ ।

प्रकाशित : २०७८ मंसिर १८ गते ९:४३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI