संघीय सरकारले शिक्षा ऐन तत्काल नल्याए प्रदेश सरकारलेनै ऐन बनाएर लागू गर्छौ : मुख्यमन्त्री

NAWALPUR TIMES

संघीय सरकारले शिक्षा ऐन तत्काल नल्याए प्रदेश सरकारलेनै ऐन बनाएर लागू गर्छौ : मुख्यमन्त्री
1636020286114

सन्जय भट्टराई/नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संघीय सरकारले शिक्षा ऐन ल्याउन ढिलाई गरेको प्रती असन्तुष्टि व्यक्त गर्दै तत्काल संघीय सरकारले शिक्षा ऐन न ल्याए प्रदेश सरकारले शिक्षा ऐन बनाएर लागू गर्ने बताएका छ्न ।

संघीय सरकारले शिक्षा ऐन नल्याउदा सिङ्गो शिक्षा क्षेत्रमानै अन्योल रहेकाले शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा संघीय सरकारलाई संवेदनशील हुन आग्रह गर्दै नभए प्रदेशले नै ऐन बनाएर लागू गर्ने चेतावनी समेत दिएका छ्न ।

बिहिबार गृहजिल्ला नवलपुरमा शिक्षा समाज नेपालको चौथो साधारण सभामा बोल्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले शिक्षामा राज्यले चाहिने जति लगानी नगरेको हुँदा शिक्षा क्षेत्रमा मा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकिएको समेत बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology