आजदेखि यमपञ्चक तिहार पर्व सुरु हुँदै

NAWALPUR TIMES

आजदेखि यमपञ्चक तिहार पर्व सुरु हुँदै
bhaitika tihar

नवलपुर :  नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहारको पहिलो दिन आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार बेलुका यमदीपदान सुरु हुन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology