काठमाडौं । फेसबुक अकाउन्ट भेरिफाई एक छोटो र सहज प्रक्रियाबाट सम्भव छैन । किनकि यो सबै प्रयोगकर्ताका लागि लक्षित होइन । विशेषगरी सार्वजनिक छवि वा व्यक्तित्व भएका प्रयोगकर्ताको फेसबुक अकाउन्ट भेरिफाई हुने गर्छ ।
फेसबुकले पेज र प्रोफाइल दुवैबाट भेरिफिकेसन गर्न सकिने सुविधा दिएको छ । फेक अकाउन्टले भरिएको सामाजिक सञ्जालमा स्न्यापच्याट, ट्वीटर, फेसबुकजस्ता कम्पनीहरूले केही अकाउन्ट वास्तविक हुन् भनेर प्रमाणित गराउनु राम्रै काम हो ।
यसका लागि सबैभन्दा पहिले तपाईसँग यी विवरण हुन जरूरी छ ।
- कभर फोटो
- प्रोफाइल फोटो
- फेसबुक गाइडलाइन्स पालना गरेर राखिएको नाम
- अकाउन्टमा कन्टेन्ट पोस्ट हुनुपर्ने
- सरकारले प्रमाणित गरेको ड्राइभिङ लाइसेन्स, नागरिकताजस्ता परिचय खुलाउने कागजात
- फेसबुक पेजको हकमा तपाईंको संस्थाको फोन वा उपयोगिता बिल, प्रमाणपत्र, लेख वा कागजातहरू
फेसबुक भेरिफिकेसनका लागि यी प्रक्रिया अपनाउनुहोस्:
- सुरुमा तपाईंको फेसबुक अकाउन्टमा लगईन गर्नुहोस् ।
- तपाईंको अकाउन्टको ‘Help & Support’ मा जानुहोस् ।
- त्यसपछि ‘Help Center’ मा जानुहोस् ।
- हेल्प सेन्टरबाट ‘Account Setting’ मा जानुहोस् ।
- माथि देखिने सर्च बारमा “भेरिफिकेसन” (Verification) लेख्नुहोस् ।
- अनि “How do I request a verified badge on facebook?” भन्ने अप्सनमा जानुहोस् ।
- त्यसपछि त्यहाँ देखाइएको ‘fill out this form’ मा जानुहोस् ।
यसमा तपाईंले सबै विवरणहरु भर्न सक्नुहुन्छ:
- Profile वा page के का लागि भेरिफाई गर्ने छान्नुहोस् ।
- कागजातको प्रकार छानेर अपलोड गर्नुहोस् ।
- क्याटेगोरीमा तपाईंको पेज वा प्रोफाइलको प्रवृति छान्नुहोस् ।
- पेज वा प्रोफाइल धेरै प्रख्यात भएको देशको नाम छान्नुहोस् ।
- अन्तिममा तपाईंको प्रोफाइल वा पेज पब्लिक फिगर हो भन्ने प्रमाणित गर्ने कुनै पाँच लेख, सामाजिक सञ्जाल अकाउन्ट वा अन्य कुनै लिंक राख्नुहोस् ।
- यति गरिसकेपछि तल ‘सेन्ड’ (Send) बटनमा क्लिक गरेर फर्म बुझाउन सक्नुहुन्छ ।
फेसबुकले तपाईंको आवेदनलाई जाँचेर प्रमाणित गरे नगरेको कुरा नोटिफिकेसनमार्फत जानकारी दिन्छ । प्रमाणित नभएमा ३० दिनपछि पुनः आवेदन दिन सक्नुहुन्छ ।
प्रकाशित : २०७८ कार्तिक १३ गते १८:२३
Facebook Comment