दसैँलाई भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरका रुपमा मनाउन प्रधानमन्त्रीको आग्रह

NAWALPUR TIMES

दसैँलाई भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरका रुपमा मनाउन प्रधानमन्त्रीको आग्रह
Sher Bahadur Deuba PM Office1634137197

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन्। ‘बडादसैँलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरमा रुपमा मनाउन सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘सबैको मुहारमा खुसी ल्याउन सकोस्।’

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकताले भरपूर्ण नेपालमा दसैं लगायतका चाडपर्वले भावनात्मक एकतामा योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन्।

‘यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै सम्बन्ध सुमधुर बनाउने हामी सबैको कर्तव्य हो,’ उनले भनेका छन्। दसैं, तिहार, छठ, नेपाल संवतलगायतका पर्वका आ-आफ्नै मूल्यमान्यता र विशेषता रहेको भन्दै प्रधानमन्त्री देउवाले सबै भाषा र जाति तथा संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु आफूहरुको दायित्व भएकोमा जोड दिएका छन्।

कोरोना संक्रमण कायमै रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मनाउन उनको अनुरोध छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology